क्रान्ति केन्द्र सम्वाददाता
राजविराज। स्वतन्त्र विद्यार्थी युनियनको राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा अध्यक्षमा रंजित यादव दोहोरिएका छन्।
बुधबार बिहान सम्पन्न मतगणनाको परिणामअनुसार एक हजार २७२ मत खसेकोमा ३९३ मतसहित यादव विजयी भएका हुन्। अध्यक्ष पदका अर्का प्रत्याशी स्वतन्त्र उम्मेदवार विनयकुमार यादवले ३३२ मत प्राप्त गरि निकटतम प्रतिद्वन्दी रहे।
अध्यक्षमा दोस्रो पटक निर्वाचित भएका रंजितले पहिलोपटकको अनुभवबाट यसपाली धेरै काम गर्ने बताए।
उनले भने,’पहिलोपटक धेरै कुरा यहाँको थाहा थिएन्, यसपालि अनुभवले काम गर्नेछु थुप्रै कुराहरु सुधार गर्न बाँकी छ, यसपालि सबै गर्नेछु।’
आफुमाथि दोस्रोपटक पनि विश्वास गर्ने मतदातालाई धन्यवाद दिँदै उनले सबै विद्यार्थीको साझा प्रतिनिधित्व हुने गरि काम गर्ने बताए। ‘निर्वाचन प्रक्रियामा पक्ष बिपक्ष स्वाभाविक हुन्छ यसको प्रभाव मेरो काममा देखिदैन् सबैजना ढुक्क हुनुहोस्, क्याम्पसमा सबै विद्यार्थीको हकहितको काम हुनेछ, यहाँहरुले गर्नुहुनेछ।’
सचिवमा यादवकै प्यानलबाट मुकेशकुमार साह ३९५ मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका अजयकुमार यादवले ३३२ मत पाए।
कोषाध्यक्षमा ४१० मतसहित अखिल क्रान्तिकारीकी कञ्चनकुमारी ठाकुर निर्वाचित भएकी छिन्। उनका निकटतम प्रतिद्वन्द्वी मोहम्मद अब्जुर आलमले २९५ मत मात्र पाए।