क्रान्ति केन्द्र सम्वाददाता
राजविराज।स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअन्तर्गत मंगलबार राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा अर्काको नाममा मत खसाउन पुगेका एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अर्काको नाममा मतदान गर्न आएका शिवकान्त मण्डललाई नियन्त्रणमा लिइएको सप्तरीका डीएसपी जितेन्द्रकुमार बस्नेतले बताए ।
मंगलबार साँझ ४ बजे सम्पन्न निर्वाचनमा४६.५७ प्रतिशत मतदान भएको छ।
कुल २ हजार ७ सय ३१ मतदाता रहेकाे यस क्याम्पसमा १ हजार २ सय ७२ मत खसेकाे नन्दकिशोर यादवले जानकारी दिए।