क्रान्ति केन्द्र सम्वाददाता
राजविराज। राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन सुरू भएको छ। पोलिङ्ग एजेन्टहरूलाई आउन ढिलो भएपछि निर्वाचन निर्धारित समयभन्दा एक घण्टा ढिलो सुरू भएको हो।
मतदान ढिलो सुरू भएकोले ४ बजेसम्म भनिएको मतदानको समय बढाउन सकिने निर्वाचन अधिकृत नन्दकिशोर यादवले बताए।
यहाँको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा पार्टीको जिल्ला स्तरीय नेतादेखि केन्द्र स्तरीय नेतासमेत आ-आफ्ना उम्मेदवारको प्रचारप्रसारमा जुटेका छन। सुरुदेखि नै लागि परेका नेताहरु अहिले निर्बाचनको समयपनि मतदान स्थलमा देखिएका छन्।
निर्वाचन आचारसंहिता अनुसार मतदान स्थलमा प्रचार प्रसार गर्न नपाइने भएपनि यहाँ खुलेयाम मतदान स्थलमा सबै उम्मेदवार तथा तीनका समर्थक मतदातालाई रिझाउन लागेको देखिएका छन्।