क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा औषधी नपाउने गरेको गुनासो गरिएको छ।
आइतबार राजविराजमा अस्पतालका अनुगमन गर्दै गरेका मुख्यमन्त्री सिंहलाई त्यहाँका सेवाग्राहीले बिमाको औषधि अस्पातालमा नपाएको सुनाए।
औषधि अस्पातालमा नपाएकोले चर्को मुल्यमा बाहिरबाट किन्नु परेको बताए।
एक सेवाग्राहीले उनलाई अस्पातालमा चिकित्सकहरू नरहेको दुखेको समेत सुनाए। इमर्जेन्सी कक्षको अनुगमन पछि निस्केका उनलाई ती सेवाग्राहीले अस्पतालको सर्जरी सेवा बन्द रहेको बताए।
सेवाग्राहीले मुख्यमन्त्रीलाई भने, ‘एक जना सर्जरीको डाक्टर पंकज यादव हुनुहुन्थ्यो उहाँ गएपछि सर्जरी हुँदैन, मेरो ठुलो परिवार छ म अधिकांश समय अस्पताल आउने गर्छु यो सबभन्दा खतम अस्पताल हो।’
अस्पातालमा सवै उपकरण भएपनि अस्पाताल सुध्रिन नसकेको दुखेसो पोखे।
अस्पातालको समस्या अनुगमन गर्दै मुख्यमन्त्री सिंहले सम्बन्धित मन्त्रालयमा यहाँको समस्याबारे जानकारी गराउने आश्वासन दिए।