प्रवेश मिश्र
राजविराज।मधेश प्रदेशका मुख्यमन्त्रीका सतिशकुमार सिंहले सप्तरीको राजविराजस्थित निजी अस्पताल तथा क्लिनिकहरूमा छडके अनुगमन गरेका छन्।
आइतबार बिहान मुख्यमन्त्री सिंहले अनुगमन थालेपछि राजविराजमा क्लिनिक संचालककोहरूको भागाभाग भएको हो।छिन्नमस्ता अस्पतालबाट अनुगमन सुरू भएपछि राजविराजस्थित संचालित अधिकांश क्लिनिक बन्द गरेर संचालक सम्पर्क बिहिन बनेको देखियो।
अनुगमनको क्रममा छिन्नमस्ता अस्पतालले प्रदेशबाट दुई सय बेडको स्विकृति लिई मापदण्ड अनुसार संचालनमा रहेको पाइएको मुख्यमन्त्री सिंहले बताए। उनले ओपीडिको अनुमति रहेको क्लनिकमा ल्याब र भिडियो एक्सरे संचालनमा रहेकोले क्लिनिक बन्द गर्न पत्र दिएको बताए।मुख्यमन्त्री सिंहले भारती इमर्जिंङ्ग सेन्टर नामको भिडियो एक्सरे गर्नेले तत्काल संचालनको अनुमति पत्र नदेखाएकोले त्यसलाई बन्द गरिएको बताए। यद्यपी त्यसमा संचालकले अनुमति पत्र रहेको दाबी गरिरहेकोले पत्र लिएर आए त्यसलाई कराबाही फुकुवा गर्ने समेत उनले भने।
छिन्नमस्ता अस्पताल, डा दिलिप साहको क्लिनिक, अनार भुवनेश्वर प्रालि,सन्जनदिप हस्पिटल प्रालि, भारती इमर्जिंङ्ग सेन्टरमा मुख्यमन्त्री पुगेका थिए।