क्रान्ति केन्द्र सम्वाददाता
राजविराज। सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल एक महिनादेखि निमित्तको भरमा चलिरहेको छ। माघ २७ गते अस्पातालका मेडिकल सुपरिन्टेन्डेट(मेसु) श्रीराम तिवारी गएपछि अस्पताल निमित्तको भरमा चलिरहेको हो।
अस्पातालका निमित्त मेसु दिलिप साहका अनुसार माघ २७ गते काठमाडौं गएका तिवारी अझै फर्केका छैनन्। मेसु नहुँदा अस्पातालमा आर्थिक तथा प्रशासनिक कामकाजमा समस्या भइरहेको छ।
‘आमा बिरामी छ भन्दै काठमाडौँ जानुभयो, त्यसपछि फर्किनुभएको छैन्,’निमित्त मेसु साहले भने। तिवारीलाई यस बिषयमा वुझ्न सम्पर्क गर्दा उनले फोन उठाएन्।
निमित्त मेसु साहले होलीपछि मेसु आउने आश्वासन आएको बताए।’उहाँ नै आउनुहुन्छ की अर्को मेसु आउनुहुन्छ थाहा भएन् तर होली पछि कोही आउने आश्वासन आएको छ,’निमित्त मेसु साहले भने।