क्रान्ति केन्द्र सम्वाददाता
राजविराज।सप्तरीको राजविराजमा छुरा प्रहारबाट दुई युवक घाइते भएका छन्।
जिल्लाको डाक्नेश्वरी नगरपालिका- ७ ब्रहम्प्रपुरका सुनिल यादव र महदेवा गाउँपालिका -४का सुभाष यादव बुधबार छुरा प्रहारबाट घाइते भएका हुन्।
राजविराज नगरपालिका- ७ स्थित सिरहा रोडमा बुधबार बेलुका उनीहरूमाथि छुरा प्रहार गरिएको हो।
घाइतेहरूको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ।
एकै समुहमा रहेका उनीहरूबिच झडप हुँदा छुरा प्रहार भएको प्रहरीको भनाई छ। छुरा प्रहार गर्ने मध्ये विरेन्द्र यादवलाई पक्राउ गरि अनुसन्धान थालिएको सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले बताए। उनले झगडा के कारणले भएको खुल्न नसकेको बताए।