क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीमा बाघको आक्रमणबाट दुई जना घाइते भएको छ ।
सोमबार बिहान ७ बजेतिर सप्तकोशी नगरपालिका–१ खोरिया टोल स्थित सहिद रंगसाला नजिकै रहेको जंगलीबाट निस्केर बाघले स्थानिय ४३ बर्षीय कृष्ण विष्ट र गणेश खत्रीलाई आक्रमण गरि घाइते बनाएको छ ।
बाघले विष्टको पाखुरा र काखी मुनि सामान्य नङले कोरेको र खत्रीको बाँया आँखाको डिल माथि नङले कोरेको रहेको छ । दुबै जनाको स्थानिय मोडेल क्लिनिक फत्तेपुरमा उपचार भई रहेको ईलाका प्रहरी चौकी फत्तेपुरले जानकारी दिए ।
स्थानियले बाघ देखन साथ प्रहरी चौकी फत्तेपुरमा जानकारी गराउँदा प्रहरी चौकी फत्तेपुरबाट प्रहरी नायब निरिक्षक पानालाल प्रसाद चौधरीको कमाण्डमा र सशस्त्र प्रहरी वेश फत्तेपुर सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा टोली खटी गएको, बाघ सोही स्थानमा परालको टाल मुनि बसि रहेको प्रहरी चौकी फत्तेपुरले जानकारी दिए ।
कोशी टापु वन कार्यालयलाई जानकारी गराईसके कार्यालयबाट उद्धार टोलीले बाघलाई उद्दार गरिनेछ प्रहरी नायब निरिक्षक चौधरीले बताए ।















