क्रान्ति केन्द्र सम्वाददाता
राजविराज। सप्तरीको राजविराज नगरपालिका-९ मलेठस्थित गोदामबाट भारि मात्रामा गाँजा फेला परेको छ।
गोदाम नजिकैको सडकबाट गइरहेका सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दहालले सडक छेउको गोदाममा एक ट्रकबाट अर्को ट्रकमा स्याउ लोड भइरहँदा उहाँको ध्यानाकर्षण भएपछि गोदाम छापा मार्दा समान बरामद भएको हो।
प्रजिअ दहालले गोदाम झण्डै सय बोरा गाँजा, कपडा, सुर्ती, धान र स्याउ फेला परेको हो।
गोदाममा दुई भारतीय नम्बर प्लेटको चार चक्के गाडी (कार र स्कारपियो) समेत बरामद भएको छ । गोदामबाट गाडीको अन्य नम्बर प्लेट समेत फेला परेको छ।
समान रोशन यादवको रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको सिडिओ दाहालले बताए। यद्यपी यादवलाई फोन सम्पर्क गर्दा उनी नआएको दाहालले बताए।