क्रान्ति केन्द्र सम्वाददाता
राजविराज। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सप्तरीमा पार्टीभित्रै कलह रहेको बताएका छन्।
जनतासँग माओवादी हुलाकी राजमार्ग केन्द्रीत मधेश जागरण अभियानलाई सम्बोधन गर्दै उनले सप्तरीका नेतामा आफैमा झमेला रहेको बताए।
अध्यक्ष प्रचण्डले भने,’यहाँ कोही कसैसँग मिल्न सक्ने अवस्था छैन् तर माइनस गर्नसक्ने पनि अवस्था छैन्।’
उनले उक्त कार्यक्रममा पनि एक सहभागी हुने अर्को नहुने अवस्था रहेको उल्लेख गरे। यद्यपी सबै नेता कार्यक्रममा आएकोले उनले धन्यवाद ज्ञापन गरे।
‘एकजुट हुन प्रण गर्नुस्, आफ्नो अहम पुष्टि गर्न खोज्नुभयो भने सबै बर्बाद हुन्छ।’
उनले आफुलाई एक कार्यकर्ताले मधेशमा गुटबन्दी भए अभियानले नपुग्ने सल्लाह दिएको सम्झे।