क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । आर्थिक वर्ष २०८०/०८१को कार्यसम्पादन मूल्यांकनमा देशै भरीमा तिलाठी कोइलाडी गाउँपालिका अन्तिममा परेको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको प्रतिवेदनअनुसार १०० मध्ये तिलाठी कोइलाडी गाउँपालिकाले २९ अंक मात्र प्राप्त गरेको छ।
८१.७ अंक ल्याएर डडेल्धुराको अमरगढी नगरपालिका उत्कृष्ट बनेको छ।
आयोगले विनियोजित बजेट, त्यसको कार्यान्वयन, राजस्व संकलनको लक्ष्य र प्रगति, लेखापरीक्षण, बेरुजुलगायत विभिन्न सूचकका आधारमा १०० पूर्णाङ्कमा हरेक वर्ष प्रदेश र स्थानीय सरकारको कार्यसम्पादन मूल्यांकनको नतिजा सार्वजनिक गर्ने गर्छ ।