Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

एक करोड बढीको भवन प्रयोग विहिन

एक करोड बढीको भवन प्रयोग विहिन

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज । ‌मधेश प्रदेश सरकारको एक करोडभन्दा बढीको लगानीमा सप्तरीको रुपनी गाउँपालिकामा निर्माण भएको सामूदायिक भवन प्रयोग विहिन बनेको छ।

जिल्लाको क्षेत्र नम्वर ३ (क) का प्रदेश सांसद मो.समिमको संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट वडा नम्बर ६ दुधैलामा निर्माण गरिएको भवन प्रयोग विहिन बनेको हो।
आर्थिक वर्ष ०७५/०७६ सालमै उक्त सामूदायिक भवन कार्य सुरु गराइएको थियो । सुरुको वर्षमा भवन निर्माणमा ५० लाख रुपैयाँ खर्चिएको थियो। त्यसपछि ०७६/०७७ मा मो.समिमकै संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट २५ लाख रुपैयाँ लगानी लगाइयो ।

त्यसमा पनि भवन अधुरै रहेको भन्दै आर्थिक वर्ष ०७८/०७९ र ०७९/०८० मा पनि १०–१० लाख रूपैयाँ खर्चियो। यतिको रकम खर्च गरेर भवन तयार भएपनि अहिलेसम्म हस्तान्तरण हुन सकेको छैन् ।
‘यहाँ अन्धाधुन्ध बजेट खर्चियो तर अहिलेसम्म भवन प्रयोगमा आउन सकेको छैन्, जबकी दुई पटकसम्म पेटिङ पनि गरियो, किन र केका लागि बुझ्नै मुस्किल छ।’ स्थानीय कुलानन्द चौधरीले भने।

हस्तान्तरण नहुँदै जिर्ण बन्दै भवन

स्थानीयका अनुसार भवनको काम गुणस्तरहिन भएको छ। भवनको छतमा चिरा परेर चुहिन थालेको छ।’अब त भवनै जिर्ण बन्दै गएको छ । भर्याङमाथिको जस्ता पनि उडेको छ भने छतमा चिरा परेर चुहिन थालेको छ ।’एक स्थानीयले भने।

उक्त भवन वडालाई हस्तान्तरण गर्न अनाकानी गर्दै आएको वडा अध्यक्ष बद्रीनारायण सरदारले बताए । ‘पटक पटक हस्तान्तरण गर्न आग्रह गर्दै आएको छु तर उद्घाटन गर्न मन्त्रीहरुलाई बोलाउनुपर्छ र त्यसका लागि वडालाई खर्च तिर्न भनिरहेका छन’ उनले भने, ‘तर, वडामा पैसै छैन्, कार्यक्रम गर्न पालिकालाई थोरै खर्च मिलाइ दिन आग्रह गरेको छु । त्यहीबाट आयो भने उद्घाटनमा आउनुहुने सांसद र मन्त्रीज्यूहरुका लागि खर्च गरौंला ।’
तर, अहिलेसम्म पालिकाबाट खर्च नपाउँदा कार्यक्रम गर्न नसकेको वडा सरदार बताउँछन् ।

पूर्वाधार विकास कार्यालय सप्तरीका सूचना अधिकारी तपेश्वरकुमार साहले ती भवनबारे थप बुझेर प्रतिक्रिया दिने बताए। ‘उक्त भवन तत्कालिन सिरहास्थितको कार्यालयले निर्माण गराएको थियो, त्यहाँबाट यस जिल्लाका केही तथ्यांकहरु आएको पनि छ तर ती भवनबारे थप बुझ्नैछ’ उनले भने, ‘बुझेर मात्र केही भन्नसक्छु ।’

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology