क्रान्ति केन्द्र सम्वाददाता
राजविराज। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-१ तिलाठीमा आयोजित सरस्वती पूजनोत्सवमा २१ किलोको सिंगो लड्डु चढाइएको छ।
सप्तमीको दिन मंगलबार बिहान राजनितिकर्मी निरज मुक्तिले २१ किलोको लड्डु चढाएको हो।
यसअघि सोमबार सप्तरीकै गढीयाका एक परिवारले ४० किलो लड्डु त्यहाँ चढाएको समितिले जनाएको छ।