Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

सफलता चुमिरहेको गोलबजारको न्याचुरल एकेडेमी

सफलता चुमिरहेको गोलबजारको न्याचुरल एकेडेमी

सिरहा । सिरहाको व्यापारिक बजार गोलबजारमा पूर्वपश्चिम राजमार्ग छेउमै २०७६ सालमा एउटा निजी विद्यालय खुल्यो । निजी विद्यालय खुल्नु पछिल्लो समयमा निकै चाँसोको विषय भने होइन । किनकि, विद्यालय खुल्ने र बन्द हुने कुरा सामान्य जस्तो भइसकेको छ ।

तर, गोलबजारमा खुलेको त्यो विद्यालयले अहिलेसम्मको छोटो अवधिमै जति सफलता हासिल गर्‍यो, त्यो भने असामान्य छ । शैक्षिक वृत्तमा छाडिरहेको छापले यो विद्यालयलाई चर्चायोग्य बनाएको छ । त्यो विद्यालय हो – न्याचुरल एकेडेमी ।

यो विद्यालय खुल्दा कक्षा ६ सम्म मात्रै थियो । शिक्षक कर्मचारी १५ जना मात्र थिए । विद्यार्थी संख्या २ सय ५० हाराहारी थियो । सानो टिम, सानै विद्यार्थी संख्यासहित पठनपाठनको सुरुवात गरिए पनि सञ्चालकहरूमा आत्मविश्वास भने ठूलो थियो ।

सायद त्यसैले होला, अहिले यो विद्यालयले फड्को मारिरहेको छ । यो विद्यालयले क्रमशः गरी अहिले १० कक्षासम्म पठनपाठन गराउँदै आएको छ । विद्यालयको विद्यार्थी संख्या ८ सय १० पुगेको छ । विद्यालयसँग अहिले ७० जना शिक्षक कर्मचारीको दक्ष टिम छ ।

‘अहिलेको बजारमा विद्यालय खोल्नु चुनौती नै थियो,’ प्रिन्सिपल रामकुमार यादव भन्छन्, ‘तर, हामीलाई यसलाई अवसरका रूपमा बुझेर अगाडी बढ्यौं, त्यो के भने गुणस्तरीय शिक्षा, हाम्रो आजसम्मको सफलताको कारण त्यही हो ।’

यो विद्यालयमा अहिले जिल्लाका विभिन्न स्थानका टाढाटाढाका विद्यार्थी आउँछन् । विद्यालयसँग अहिले विद्यार्थी ल्याउनका बस नै ५ वटा पुगेको छ । यो विद्यालयले मन्टेसरीको छुटै व्यवस्थित कक्षा सञ्चालन गर्दै आएको छ ।

विद्यालय खासमा चर्चायोग्य बन्नु र अभिभावकको रोजाइमा पर्नुको कारण यहाँको गुणस्तरीय शिक्षा हो । सीटीइभीटी मधेश प्रदेशको प्रवेश परीक्षामा प्रदेशमै प्रथम भएका विद्यार्थी यसै विद्यालयका उत्पादन थिए । उनी यस विद्यालयबाट एसईईको पहिलो ब्याचका विद्यार्थी हुन् ।

विद्यालयले सुरुदेखि नै काठमाडौंका ख्यातिप्राप्त शैक्षिक संस्था ब्लूबर्ड एजुकेसनल नेटवर्क तथा ब्लूबर्ड स्कुल एण्ड कलेजसँग शिक्षण सिकाइ पद्धतिका विषयमा सहकार्य गर्दै आएको छ । यसले विद्यालयको सफलतामा अतुलनीय योगदान पुर्‍याएको शिक्षक प्रशान्त यादव बताउँछन् ।

विद्यालयले शनिबार छैठौं वार्षिकोत्सब मनायो । यस अवसरमा विद्यालयले शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावकलगायतलाई सम्मान पनि गर्‍यो । वार्षिकोत्सब कार्यकममा विद्यार्थी, अभिभावक, अतिथि र दर्शक गरी झण्डै १५ सय हाराहारीमा सहभागी थिए ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

भूमि विधेयक पास भए मधेशलाई स्थायी मरुभूमिकरण गर्नेछ : हृदयेश त्रिपाठी

भूमि विधेयक पास भए मधेशलाई स्थायी मरुभूमिकरण गर्नेछ : हृदयेश त्रिपाठी

खडक नगरपालिकामा कलह :अधिकृत सोनुमाथि राजश्व हिनामिनाको आशंका

खडक नगरपालिकामा कलह :अधिकृत सोनुमाथि राजश्व हिनामिनाको आशंका

एकल जातीय सोचले राष्ट्रिय एकतामा गम्भीर असर पर्छ : उपेन्द्र यादव

एकल जातीय सोचले राष्ट्रिय एकतामा गम्भीर असर पर्छ : उपेन्द्र यादव

मधेशको भूमिमा षड्यन्त्र? मधेश लाइब्रेरीमा नेताहरूको चेतावनी

मधेशको भूमिमा षड्यन्त्र? मधेश लाइब्रेरीमा नेताहरूको चेतावनी

लहानका मेयर चौधरीको सामान्य कार्यकक्ष : जसले दिन्छ मितव्ययिताको संदेश

लहानका मेयर चौधरीको सामान्य कार्यकक्ष : जसले दिन्छ मितव्ययिताको संदेश

आठ जिल्लाको मधेश कहिल्यै मान्दैनौं : सचिव मण्डल

आठ जिल्लाको मधेश कहिल्यै मान्दैनौं : सचिव मण्डल

Natraj Technology advertisement

ताजा समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology