क्रान्ति केन्द्र सम्वाददाता
राजविराज।भुमि समस्या समाधान आयोगका सप्तरीका अध्यक्ष अखिलेश कुमार झाले पदभार ग्रहण गरेका छन्।बुधबार जिल्ला सम्न्वय समितिको परिसरमा रहेको आयोगको कार्यालयमा झाले पदभार ग्रहण गरेका हुन।पदभार गर्दै झाले सप्तरीमा रहेको भुमि समस्या समाधानको लागि आफूले कुनै किसिमको कमी नराख्ने बताए।
आफ्नो कर्तव्यको पालन गर्दै यहाँको समस्या समाधानमा आफु सदैव अग्रपंक्तिमा रहने उनले बताए।भुमिहिन दलित, सुकुम्बासी तथा अव्यवस्थितको बसोबासको लागि सक्रिय रहने उनको भनाई छ।
यही माघ ४ गते मन्त्रीपरिषदको निर्णयले उनलाई अध्यक्षमा नियुक्त गरिएको हो।