क्रान्ति केन्द्र सम्वाददाता
राजविराज ।मैथिली सेवा समिती बिराटनगरको ३२ औं साधारण सभा सम्पन्न भएको छ ।
सोमबार विराटनगर महानगरपालिका-१३ स्थित संकटमोचन हनुमान मन्दिर कोशी प्रोजेक्टमा आयोजना गरिएको साधारण सभाबाट डाक्टर शम्भू झाको नेतृत्वमा १५ सदस्यीय समिती सर्वसम्मतबाट चयन भएको हो ।
त्यस्तै, उपाध्यक्षमा डा योगेन्द्र प्रसाद यादव, महिला उपाध्यक्षमा अधिवक्ता संजु कुमारी साह, महासचिवमा मृत्युंजय मिश्र, सचिवमा रोशन देव, उप-सचिवमा राकेश कुमार ठाकुर र कोषाध्यक्षमा दीपेन्द्र कुमार झा चयन भएको छ ।
त्यस्तै, सदस्यहरुमा विमला पोद्दार, आरती झा, ईन्जिनियर नित्यानंद झा, ईन्जिनियर प्रेमचन्द्र झा, कामानन्द झा, बिजेन्द्र कर्ण, मोहन झा र सुशील कुमार झा रहेको सेवा समितिका महासचिव मिश्रले जानकारी दिए ।
नवनिर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समितिको संयोजक प्रा. विरेंद्र कुमार झाले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।
विक्रम सम्वत २०४८ सालदेखी स्थापना भएको मैथिली सेवा समिती मैथिली भाषा सम्बन्धि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।