क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका -१स्थित राजविराज भन्सार कार्यालयमा क्वारेन्टाइन स्थापना गर्नुपर्ने माग उठेको छ।
७३औं अन्तर्राष्ट्रिय भन्सार दिवसमा आइतबार कार्यालयले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले क्वारेन्टाइन नहुँदा राजश्व संकलनमा असर परेको बताएका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तिलाठीकोइलाडी गाउँपालिकाका अध्यक्ष अरूण कुमार मंडलले क्वारेन्टाइन नहुँदा खाद्यान्नको आयातबाट उठन सक्ने राजश्व संकलन हुननसकेको बताए। क्वारेन्टाइन भए भारतबाट आयत हुने तरकारी,खाद्यान्नबाट निकै राजश्व संकलन हुने उनले विश्वास व्यक्त गरे।
उनले कर्मचारीको आभावका कारण भन्सार समस्या भइरहेकोले यसमा सरकारले चासो दिन आग्रह गरेको छ।
कार्यक्रममा वोल्दै सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादवले स्थानीय तहले सीमा क्षेत्रमा सिसिटिभी जडान गर्नुपर्ने बताउनुभयो। उनले सिसिटिभी जडान भए चोरीपैठारी नियन्त्रणमा मदत पुग्ने बताए।
उनले राजश्व छली नियन्त्रण गर्न बजार अनुगमनको बाटोलाई अझ प्रभावकारी ढंगले संचालन गर्ने बताए।
भन्सार अगाडि भासिएको मुख्य सडक मर्मत नभएकोले ठुलठुला गाडीको आवतजावत अवरुद्ध हुनु चिन्ताको बिषय रहेको सीमारक्षक देवनारायण यादवले बताए। उनले सडकलाई संचालनमा ल्याउन ध्यान दिन सरोकारवालालाई आग्रह गरे।
कार्यक्रममा बोल्दै कार्यालय प्रमुख सत्यनारायण सिंहले सबै निकायको सहयोग भए मात्र राज्यलाई सबल बनाउन सक्ने गरि राजश्व संकलन हुने बताए।