राजु शर्मा
भारदह । भारत को ७६औं गणतन्त्र दिवस आइतवार सप्तरीमा पनि मनाइएको छ।
जिल्लाको हनुमाननगर कंकालनी नगरपालीका- १ भारदहस्थित कोशी कलोनीमा दुबै देशका अधिकारीले संयुक्तरुपमा झण्डा फहराएर राष्ट्र गान गाउँदै भारतका गणतन्त्र दिवस मनाएका हुन्।
भारदह स्थित कोशी कलोनीमा कुनौली सवडिविजनका कार्यपालक अभियन्ता तटबन्घ मुकेश कुमार र हनुमाननगर कंकालनी नगरपालिकाका प्रमुख विरेन्द्र माझीले संयुक्त रुपमा झण्डो तोलन गरेका थिए।
उक्त कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिघि बुद्घिजिवी तथा प्रशासकहरुको उपस्थिति रहेको थियो।