Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

झण्डै एक सत्बादीदेखि चार दीवसीय सरस्वती पुजा, के के हुँदैछ कार्यक्रम ?

झण्डै एक सत्बादीदेखि चार दीवसीय सरस्वती पुजा, के के हुँदैछ कार्यक्रम ?

विपिन यादव

राजविराज। सप्तरीको तिलाठी कोइलाडी गाउँपलिका–१ तिलाठीमा सरस्वती पुजालाई चार दिवसीय कार्यक्रम आयोजना गरि मनाउने गरिन्छ।झण्डै एक सत्बादी  देखि यहाँ यस परम्परालाई निरन्तरता दिँदै आएको हो।यस बर्षपनि चार दिवसीय सरस्वती पुजाको तयारी सुरू भएको छ।

तिलाठामा हुने गरेको भीषण आगलागी हुन थालेपछि विंसं १९९०मा तिलाठीमा रहेको संस्कृत पाठशलाका पंडित षट्शास्त्री काशीनाथ ठाकुरको सल्लाह अनुसार सरस्वती पुजा आरम्भ भएको स्थानीय ८० बर्षीय दयाकान्त झा बताउँछन् ।पुजापछि मेलाको आकर्षण बढाउन नाट्य मंचन तथा खेलकुदको आयोजना गरिन थालेको उनले बताए।संस्कृत विद्यालयका विद्यार्थीहरूद्वारा पंडित ठाकुरको संरक्षणमा नाट्य कला प्रदर्शन सुरू गरिएको स्थानीय बताउँछन।

सो समयमा खेलकुदको लागि नजिकका गाउँहरूका प्रसिद्ध पहलवानहरूबिच प्रतिस्पर्धा हुनथ्यो। मेलाको सुरूवाती समयमा एउटा सुन्तला पुरूस्कार राखेर स्थानीय पहलवानहरूको बिच मेलामा प्रतिस्पर्धा आयोजना गरिने गरेको सो वडाका वडाध्यक्ष दिनेश्वर मिश्रले बताउनुभयो।पछि स्थानीय पहलवानहरूले कुस्ती खेल्न छाडेपछि कुस्ती रोकिएको उहाँले बताउनुभयो।विगत एक दशकदेखि नेपालका बिभिन्न जिल्ला तथा भारतको बिभिन्न राज्यको पहलवानबिच मैत्रीपुर्ण प्रतियोगिता आयोजना गरि दर्शकको मनोरञ्जन गरिने गरेको छ।’कुस्ती हेर्न दर्शकहरू निकै रुचाउँछन्, थेग्न नसक्ने भीड हुन्छ,’ वडाध्यक्ष मिश्रले भन्नुभयो, ’उहाँहरूको मनोरञ्जनको लागि हामीले पनि यसलाई निरन्तरता दिएका छौँ।’

सुरूवाती समयमा स्थानीय विद्यार्थीहरूद्वारा रात्रिकालिन समयमा नाटक मंचन गरि कला प्रस्तुती गर्दै आएपनि पछि परिषद गठन गरि त्यसलाई निरन्तरता दिएको वडाध्यक्ष मिश्रले बताउनुभयो।’विक्रम सम्वत २००१ सालमा सरस्वती साँस्कृतिक नाट्यकला परिषद स्थापना भएर नाटकलाई निरन्तरता दिन थाले,’ उहाँले भन्नुभयो, ’कलाकारको संख्या बढन थालेपछि २०३६ सालमा हरगौरी नाट्यकला परिषद गठन भयो अहिले दुवै परिषदले निरन्तरता दिँदै आएको छ।’

यस बर्षको कार्यक्रम

यस बर्ष पनि सरस्वती पुजाको लागि देवीदेउताको मुर्ती निर्माणदेखी यस अवसरमा आयोजना हुने मेलाको व्यवस्थापनको तयारी सुरू भएको सरस्वती पुजनोत्सव तथा मेला व्यवस्थापन समितका अध्यक्ष अजित कुमार मिश्रले बताए ‍।पुषि पुर्णिमाको शुभ दिनमा सरस्वतीको मुर्तीको लागि पराल बाँधेर विधिवत पुजा तथा मेलाको तयारी सुरूवात गरिने परम्परा रहेकोले मुर्ती निर्माण सुरु गरिएको अध्यक्ष मिश्रले बताए।

माघ २१ गते सुरू हुने मेलाको आकर्षण बढाउन दोस्रो दिनदेखि तीन दिवसीय नेपाल–भारत मैत्री कुस्ती प्रतियोगिता आयोजना हुने समितिका बरिष्ठ उपाध्यक्ष बाबुनारायण मिश्रले बताए।नेपाल र भारतका चर्चित पहलवाहरूबिच कुस्ती प्रदर्शनी हुनेछ।

उनको अनुसार रात्रिकालिन कार्यक्रममा २१ गते सुरूको रात्री जनकपुरबाट आउने पेशागत साँस्कृतिक कलाकारहरूद्वारा जागरण कार्यक्रम गरिनेछ।दोस्रो रात्रि भारत बिहारको प्रसिद्ध मैथिलि गायक माधव राय नेतृत्वको टोलीद्वारा गीतगायन कार्यक्रम रहेको छ।अन्तिम दुई रात्रि(माघ २३ र २४गते) ‍स्थानीय दुई नाट्यकला परिषदद्वारा यस बर्षपनि नाटक मंचन तथा नृत्यगायन कला प्रदर्शनी हुनेछ।धार्मिक, साँस्कृतिक तथा समाजिक संदेशमुलक नाटकको प्रदर्शनी हुने गर्छन्।६ बर्षदेखी १६ बर्षसम्ममको बालबालिकाको सहभागितामा यसबर्षको नाटकको तयारी थालिएको सरस्वती साँस्कृतिक नाट्यकला परिषदका निर्देशक अखिलेश्वर झाले बताए।

 

यहाँ मेला हेर्न कुनै किसिमको शुल्क नलाग्ने गरेको छ।स्थानीय गाउँवासीले आफै आर्थिक सहयोग जम्मा गरेर मेला लगाउने गरेका छन।मेला समितका कोषाध्यक्ष सम्बोध झाका अनुसार यसबर्ष मेलामा १७ लाख रुपैयाँ खर्च हुने आकंलन रहेको छ।मेलामा दैनिकी २० हजार मान्छेको भीड हुने गर्छन्।मेलामा नेपालको बिभिन्न जिल्लाबाट पसल थाप्न व्यवसायीहरू आउने गरेको मेला व्यवस्थापन समितिका सहसचिव राजकुमार यादवले बताए।उनले मेलामा बिभिन्न किसिमको समेत रहने बताए।

यद्यपी यस संस्कृतिलाई संरक्षण गर्न तथा नाट्यकलाकारलाई थप उचाइको लागि राज्यको सहयोग आवश्यक रहेको स्थानीय अवकाशप्राप्त शिक्षक भोगानन्द मिश्रको भनाई छ।उनले यस ऐतिहासिक संसकृतिलाई जोगाउँदै भविष्यमा थप स्तरउन्नतीको लागि तीनै तहको सरकारले चासो लिनुपर्ने बतए।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

Natraj Technology advertisement

ताजा समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology