सिरहा । जनता समाजवादी पार्टी, नेपालका सचिव सुरेशकुमार मण्डलले आठ जिल्लाको मधेश कहिल्यै स्वीकार गर्न नसिकिने बताएका छन् । बलिदानी दिवसका अवसरमा सिरहामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
मण्डलले आफूहरूको ‘समग्र मधेश, एक प्रदेश’को मुद्दा अझै यथावत् नै रहेको र यसका लागि अब वारपारको लडाई आवश्यक रहेको बताए । उनले अहिलेको संविधान पनि मधेशीलाई गोली हानेर ल्याइएको भएर पुनर्लेखन नभएसम्म मान्न नसकिने बताए ।
नश्लीय चिन्तन बोकेका गोर्खा साम्राज्यका अवशेषहरूले मधेशी, जनजातिलगायतका समुदायलाई सधैं किनारामा राख्ने र आफू नै देशमा रजगज गर्ने गरी संविधान बनाएको उनले आरोप लगाएका छन् ।
अहिलेको व्यवस्थाबाट मुलुक अगाडी बढ्न नसक्ने भन्दै उनले आफूहरूले माग्दै आएको पूर्ण समानुपातिक संसद र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विकल्प नरहेको उनको दाबी छ ।















