क्रान्ति केन्द्र सम्वाददाता
राजविराज। मधेश प्रदेश सभा सदस्य शम्भु साहले सप्तरीको राजगढ गाउँपालिका र डाक्नेश्वरी नगरपालिका शिक्षा अधिकृत कमीसन उठाउनमा ध्यान केन्द्रित गरेको बताएका छन्।
मधेश प्रदेश सभाको अधिवेशनमा शुक्रबार बोल्दै उनले आफ्नो क्षेत्रका यो दुई पालिकाको शिक्षा अधिकृतहरू शिक्षाको गुणस्तरमा ध्यान नदिए कमीसन उठाउन ध्यान दिएको बताए ।
छात्रवृत्ति, मसलन्द, खाजा भत्ता, पाठ्यपुस्तकमा समेत उनीहरूले मात्र कमीसन खोज्ने गरेको उनले बताए। सप्तरी -३(२)बाट निर्वाचित सासंद साहले उनीहरूबाट त्यहाँका प्रधानध्यापक र शिक्षकहरू आजित भएको आरोप लगाएका छन्।
नीति निर्माण नहुँदा विद्यार्थीको क्षमतामा नकारात्मक असर परिरहेको उनको भनाई छ। उनले यस बिषयमा प्रदेश सरकारले ध्यान दिन आवश्यक रहेको बताएका छन्।















