राजु शर्मा
भारदह ।आज पुषी पूर्णिमा अर्थात् कोशीस्नान गरी दही च्यूरा र जलेबी खाने दिन हो।जिल्लाको विभिन्न भेगमा पुष पूणिमाको दिन कोशीब्यारेजमा ठूलो मेला लाग्ने गर्दछ।
एका विहानै हिउँदैको जाडोमा श्रद्धालुहरु कोशी नदिको चिसो पानीमा स्नानमा गरी नदि किनार मा खान पिन गरेर मेला मा रमाईलो गरने चलन रहि आएको छ।
कोशी नदिमा पुष पूिर्णमामा कोशी स्नानको धार्मिक दृष्टि धेरै महत्व छ। कोशी गाधीराजको पुत्री विश्वामित्रकौ बहिनी रिचिक मुनी की पत्नी थिइन सतयुगमा भगवान ब्रहमाले कोशी लाइ वरदान दिएका थिए ।
पौष पूिर्णमाको दिन कोशीमा एक दिन स्नान गर्ने व्याक्ती को एक करोड पाप नास हुने एक सय चन्द्रग्रहण सुर्य ग्रहण को दशा नाश हुने एक सय गंगा स्नान बरावर को फल पाइने संतान न भए को लाइ संतान पाइने रोगी निको हुने धनयधान हुने मनो कान्छा पुरा हुने वेद पुराण मा उल्लेख गरिए को छ। मनोकामना पुराभए पछि पाठी को बलि दिने गर्ने गरे को जनबिश्वास छ।
कोशी ब्यारे को पुल पश्मि सप्तरी पूर्व सुनसरी जिल्ला मा तर, अज को दिन दुबै तर्फ आज को दिन श्रद्धालुहरु को भिड लागे को हुन्छ। भने सिमाना जो डेकै छिमेकि राष्ट भारतको बिहार बाट पनि हजारौ को संख्यामा श्रद्धालुहरु कोशी मा स्नान गर्न तथा मेलामा रमाइलो गर्नआउने गरेका छन्। सप्तरी को कुरा गर्ने हो भन्ने भारदह स्थित को
शीब्यारेज, भलुवा को लोहापुल ,हनुमाननगर, बदगामा को मलकोर, कंचनरुपनगरपालीका को जगतपुरस्थित झनकटा सप्तकोशी नगरपालिका को मेगदिन चुरिया इटहरी बिष्णुपुर तिलाठीको कुनौलीबोर्डर लगायत को स्थान मा भक्तजनको भिड लागदै आइरहेको छ।















