क्रान्ति केन्द्र सम्वाददाता
राजविराज। सप्तरीको बलानविहुल गाउँपालिका-१बाट भारि मात्रमा गाँजा बरामद गरिएको छ।
चनही चौकभन्दा पुर्वबाट शनिबार साँझ गाँजा बरामद भएको छ।
२५ वटा पोकामा रहेको गाँजा ६ क्विन्टल भन्दा बढी हुने अनुमान गरिएको छ। लुकाएर राखिएको गाँजा विशेष सुचनाको आधारमा प्रहरीले बरामद गरेको हो ।















