श्रवण वत्स
राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीमा सरस्वती पुजाको तयारी सुरू भएको छ।यस वर्षको पुजा तथा मेला व्यवस्थापनको लागि शनिबार बसेको गाउँलेको भेलाले अजित कुमार मिश्र को अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा वावु नारायण मिश्र, उपाध्यक्षमा आशुतोष झा र आम्बोध झा चयन भएका छन्।सचिवमा प्रवेश कुमार मिश्र, सह–सचिवमा अनुप झा र कोषाध्यक्षमा सम्बोध झालाई सर्वसम्मत चयन गरिएको छ ।
त्यस्तै, सदस्यहरुमा शौरभ झा, विपिन कुमार यादव, राजकुमार यादव, चन्दन साह, गोविन्द झा लगायत रहेको छ ।
त्यस्तै सल्लाहकारहरुमा दिनेश्वर मिश्र, शम्भूनाथ झा, बालेश्वर झा, भोगानन्द मिश्र, बुदुर झा, ललित नारायण झा, दुर्गानन्द झा, हरिनन्द झा, अविनाश मिश्र, अखिलेश्वर झा र नागेन्द्र झा रहेका छन् ।
मेलालाई विगतको समय भन्दा आकर्षण बढाउनको लागि विगतको कार्यक्रमको साथसाथै थप कार्यक्रमहरु समेत रहने समितिले जनाएको छ। यसपाली मेलालाई झन व्यवस्थित गर्नेगरि काम गरिने समितिले जनाएको छ।
चार दिवसीय सरस्वती पूजाको सयौं वर्ष भन्दा बढीको इतिहास तिलाठीको रहेको सोही वडाका वडा अध्यक्ष दिनेश्वर मिश्रले बताए ।
यता, केही बर्ष देखी शुभ दिनको हेरफेरले पुजा ५/६/७ दिनको भएको उनले बताए । यसबर्ष माघ २१ गतेदेखि सरस्वती पुजा सुरू हुनेछ। तिलाठीमा सरस्वती पुजाको अवसरमा नाटकीय मंचन, कुस्ती दंगल, नृत्य, गायन लगायतको कार्यक्रमहरू आयोजना हुने गर्छ। सरस्वती पुजालाई भव्यताका साथ चार दिनसम्म मनाइने परम्परा विश्नै तिलाठीमा मात्र हुने गरेको उनीहरूको दाबी छ।
१५ सदस्यीय समिति गठन भएपनि पुजामा सम्पुर्ण ग्रामीणको सहयोग आवश्यक भएकोले सबै ग्रामीणलाई सल्लाह सुझाव तथा सहयोगको लागि आग्रह गरेको छ।















