क्रान्ति केन्द्र सम्वाददाता
राजविराज। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले शोषित पीडित जनतालाई संगठित हुनु आवश्यक रहेको बताएका छन्।
जनतासँग जसपा नेपाल’ कार्यक्रमअन्तर्गत सप्तरीको क्षेत्र नम्बर २ र ३ को संयुक्त अभिमुखीकरण कार्याक्रमलाई सम्बोधन गर्दै यादवले कांग्रेस र कम्युनिष्टले देशमा लुटतन्त्र, कमीसनतन्त्र मच्चाएको आरोप लगाए।
उनले लुटतन्त्र कमीसनतन्त्र अन्त गर्न शोषित पीडित जनतालाई एकजुट हुनुपर्नेमा जोड दिए।
जनतालाई सच्चा समावेशी लोकतन्त्रको लागि लुटतन्त्रलाई उखालेर फ्याउनुपर्ने बताए।