राजु शर्मा
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले गणतन्त्र आइसक्दा पनि मधेशी समुदायमाथिको भेदभाव, असमानता, शोषण र उत्पीडनमा कुनै कमी नआएको बताएका छन् ।
जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियानअन्तर्गत सप्तरीको कंचनरूपमा बुधबार आयोजित अभिमुखीकरण कार्यक्रममा अध्यक्ष यादवले बहुदलीय व्यवस्था आएको ३५ वर्षमा मुलुकको अवस्था थप जर्जर भएको बताए ।मधेशी, आदिवासी जनजाति, मुस्लिम, थारु, महिला र दलित समुदायलाई राजनैतिक रूपमा पछाडि पार्ने काम हुँदै नै आइरहेको उनले बताए ।
मधेश आन्दोलनका बेलामा नागरिकता समस्याको आंशिक समाधान भए पनि अन्य समस्या कायमै रहेको उनले बताए।