क्रान्ति केन्द्र सम्वाददाता
राजबिराज ।माडवारी युवा दिवस अवसरमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-७ हनुमाननगरमा शुक्रबार २३ जनाले रक्तदान गरेको छ ।
मडवाडी युवा मंचको आयोजना र एससिआरसी (SCRC) सप्तरी हनुमाननगरको समन्वय एवं सहजीकरणद्वारा आयोजित बृहत रक्तदान कार्यक्रममा ४ जना महिला र १९ जना पुरुष गरि कुल २३ जनाले रक्तदान गरेको हो ।
परुषतर्फबाट मुरलीलाल शर्मा, प्रीन्स चौरसिया, प्रविण बोथरा, केशव सारदा, कमल मण्डल, दिपेश चेल, धिरज मण्डल, अरबिन्दलाल दास, सुनिल मण्डल, पत्रकार रवि शर्मा, रोशन सारदा, भरत कुमार साह, दिपेन्द्र साह, पत्रकार राजेन्द्र मिश्र, सुरज रजक, अरुण रजक, अमित बोथरा, रंजित दास र धर्मेन्द्र मेहताले रक्तदान गरेको थियो ।
त्यस्तै, महिलातर्फबाट पायल बोथरा, कंचन मण्डल, कंचनदेवी शारदा र रुचि शारदाले समेत रक्तदान गरेका थिए ।
दुखनी देवी धर्मशालामा बिहान ८ बजे देखि सुरु भएको रक्तदान कार्यक्रममा व्यापारी, समाजसेवी, युवा-युवती, महिला, लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूले सहभागिता जनाएका थिए ।
रक्तदान जस्ता पुनीत एवं सामाजिक कार्यले समाजमा सकारात्मक संदेश फैलाउने विश्वासका साथ ३ जनवरी माडवारी युवा दिवस अवसरमा सो कार्यक्रमको आयोजना गरेको आयोजक संस्थाका पंकज अग्रवालले जानकारी दिए ।















