क्रान्ति केन्द्र सम्वाददाता
राजविराज। सप्तरीको महादेवा गाउँपालिकामा पनि अब अनलाईन भुक्तानी सेवा(ईएफटी) सेवा सुरू गरिएको छ।
पालिकाले मंगलबारदेखि ईएफटीको अभ्यास थालेको हो।
सोमबार पालिकाले मातहतका शिक्षकहरूलाई अनलाइनबाट तलब पठाएको प्रमुख प्रशासकीय अधिकृत राजकिशोर साहले बताए।
उनले ईएफटी मार्फत रकम सिधा खातामा जाने भएकोले भुक्तानी सहज हुने अधिकृत साहको भनाई छ । उनले काम सकाएर सबै फाइल कार्यालयमा बुझाइ सकेपछि चेकको लागि कार्यालय धाउने समस्या अब अन्त हुने बताए।
‘काम सम्पन्न गरेर फाइल कार्यालयमा बुझाइ सकेपछि रकमको लागि कार्यालय धाउनु पर्दैन्, रकम सिधा खातामा जान्छ,’ उनले भने ।
साह यही मंसिर १८ गते त्यहाँका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका छन्।















