क्रान्ति केन्द्र सम्वाददाता
राजविराज। जनकपुर बोल्टसको सम्मान कार्यक्रममा कुर्सी तोडफोड भएको छ।
राजविराज रंगशालामा सोमबार साँझ आएका जनकपुर बोल्टसका खेलाडीलाई सम्मान गर्ने कार्यक्रममा राजनीतिक भाषण हुने लागेपछि भीडले तोडफोड गरेको हो।
यद्यपी प्रहरीले भीडको घम्साघम्सीले कुर्सी टुटेको बताउँछन् ।
एनपीएल बिजेता भएपछि जनकपुर बोल्टसको टिम मधेश प्रदेश भ्रमणमा छन्। सोमबार बिहान राजविराज पुग्ने निर्धारित कार्यक्रम रहेपनि उनीहरू साँझ मात्र राजविराज पुगेका थिए ।
दिउँसैदेखि खेलाडीलाई हेर्न फ्यानको भीड पर्खिरहेको थियो।















