क्रान्ति केन्द्र सम्वाददाता
राजविराज। सप्तरीको तिलाठीकोइलाडी गाउँपालिका-१,बेल्हीमा न्यानो कपडा वितरण गरिएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं ६ गण हेडक्वाटरको आयोजनामा सोमबार त्यहाँ कम्बल बितरण गरिएको हो।
सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत कम्बल वितरण गरिएको बिओपी तिलाठीका सशस्त्र प्रहरी निरिक्षक खडकप्रसाद ओलीले जानकारी दिए।उनले एक सय जनालाई कम्बल वितरण गरिएको बताए।
कार्यक्रममा प्रमुख अतिथि सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, सशस्त्र प्रहरी उपरीक्षक ज्ञानमणि पौडेल, सप्तरी प्रहरीका प्रमुख एसपी ढकेन्द्र खतिवडा, गाउँपालिका अध्यक्ष अरुण कुमार मंडल लगायत स्थानीय जनप्रतिनिधिको उपस्थिति रहेको थियो।















