क्रान्ति केन्द्र सम्वाददाता
राजविराज। सप्तरीको राजविराजमा भगवान जगन्नाथको रथयात्रामा निकालिएको छ। राजविराजस्थित लक्ष्मी नारायण राधाकृष्ण मन्दिरबाट शनिबार जगन्नाथ रथयात्रा निकालिएको हो ।
रथयात्राको शुभारम्भ गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बहुधार्मिकता, बहुसांस्कृतीकता र बहुभाषिकता नेपाली समाजको विशेषता रहेको बताए। यस्ता धार्मिक आयोजनाले धर्मप्रति आस्था बढाउनुका साथै समाजमा धार्मिक आस्था र आपसी सद्भाव बढाउने थप सहयोग पुग्ने उनले बताए।
लक्ष्मी नारायण राधाकृष्ण मन्दिरको समन्वय तथा कृष्णभक्त मण्डल एवं इस्कान राजविराजको संयुक्त आयोजनामा विगत तीन वर्षदेखी रथयात्रा आयोजना हुने गरेको छ।
मधेश प्रदेश सांसद महेश यादव, जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साह, राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविन, तिलाठी कोइलाडी गाउँपालिकाका प्रमुख अरुण मण्डलका साथै विभिन्न पालिकाका प्रमुख, उपप्रमुख लगायत हजारौको संख्यामा स्थानीयहरूको उपस्थिति थियो।
रथयात्रामा सुरक्षाको दृष्टिकोणले बजारमा बृहत प्रहरी परिचालन गरिएको थियो।















