Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

सप्तरीमा पश्चिमी नाकाबाट पुनः तस्करी सुरू

सशस्त्रको घेराबाट चालक फरार

सप्तरीमा पश्चिमी नाकाबाट पुनः तस्करी सुरू

अवैध लसुन लोड पीकअप नियन्त्रणमा लिइ ल्याउँदै गरेको सशस्त्र प्रहरीको गाडी।

प्रवेश मिश्र

राजविराज।सप्तरीको पश्चिमी नाका बेल्हीबाट पीकअप भ्यान र ट्रयाक्टरमै भारत नेपाल तस्करी सुरू भएको छ।मध्यराति गाउँ सुनसान भएपछि पीकअप भ्यान र ट्र्याक्टरमै समान लोड गरि भारत नेपाल ओहरदोहर हुने गरेको देखीएको हो।

तस्करीको समाचार संकलनका लागि मंगलबार राति सप्तरीका छ जना पत्रकारको टोली सो क्षेत्र पुगेका थिए।भारततर्फ गाडी जाने टिकुलियाको बाटोमा संचारकर्मीले पर्खिरहँदा सो राति त्यस भन्दा पश्चिम चनही चौकबाट महुआ हुँदै बेल्हीको बाटोबाट गाडी ओहरदोहर सुरू गरिएको थियो।

सो जानकारी पश्चात राति करिब साढे १२ बजे संचारकर्मीको टोली चनही चौक पुगेका थिए।सोही समयामा त्रिपालले छोपिएको को१च ९७६२ नम्बरको एक पीकअप भ्यान बेल्हीबाट भारत जाने बाटोबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लियो।नियन्त्रणमा लिएको उक्त पीकअपमा २ हजार किलो चाइनिज लसुन लोड रहेको सशस्त्र प्रहरी गण नं ६का गणपती ज्ञानमणी पौडेलले बताएको छ।

सशस्त्रको घेराबाट चालक फरार

उक्त पीकअप नियन्त्रंणमा लिएपनि गाडी चालक सशस्त्रको घेराबाट फरार भएको सशस्त्र प्रहरीले जनाएको छ।सशस्त्रको घेराबाट चालक फरार भएर भाग्ने घटना शंकासपद देखिएको छ। राति नियन्त्रणमा लिएको उक्त गाडी त्यतिबेलै सशस्त्र प्रहरीले सशस्त्र प्रहरी बल गण नं ६मा ल्याएका थिए।चनही चौकबाट उक्त गाडीकै पछाडि रहेको संचारकर्मीहरू गाडी गणमा पुगेपछि घर फर्केका थिए।
सो राति उक्त पीकअप नियन्त्रणमा लिएर सशस्त्र प्रहरी फर्केपछि अन्य गाडी निर्वाधरूपमा ओहरदोहर गरिएको स्रोतले जनाएको छ।स्रोतका अनुसार नियन्त्रणमा लिइएको समान सो क्षेत्रबाट तस्करी गर्ने मो.सागिरको हो।अन्यले सशस्त्रलाई मोटो रकम तिरेर तस्करीको लाइन लिएर कारोबार गर्दै आएकोबेला मो.सागिरले बिना लाइन समान भारत छिराउन लाग्दा नियन्त्रणमा लिएको स्रोतले जनाएको छ।’बोर्डरमा सशस्त्र प्रहीको बाक्लो उपस्थितिमा राति घण्टौंघण्टा गाडी ओहरदोहर गर्छन तर पक्राउ पर्दैनन्, बिना प्रहरीको मिलोमतोमा कहाँ सम्भव हुन्छ र,’स्रोतले भन्यो।

तस्करीको तीन बाटो

तस्करी नियन्त्रण गर्न बोर्डरमा रह्ने सशस्त्रले नै लाइन दिएपछि सो क्षेत्रबाट तस्करी सुरू भएको हो।अहिले त्यहाँ तेस्रो मुलुकबाट आयत गरिएको चाइनिज लसुन र कस्मेटिका समानहरू भारत पठाउने तथा उताबाट किरानाका समानहरू नेपाल भित्र्याउने कारोबार हुने गरेको छ। भारतको देवेन्द्र यादव, रमेश साह, प्रमोद सिंह, नेपालका प्रकाश साह, मो. अबुदल्लाह, गोपाल राय लगायतको संल्गनतामा तस्करीको लाइन खोलिएको छ।
तस्करीको लागि सो क्षेत्रका खासगरि तीनवटा बाटो प्रयोग हुने गरेको छ।रौतहट चौकदेखि नहरको बाटो, चनही चौकदेखि बेल्हीको बाटो र बलान नदी हुँदै दुधैलाको बाटो तस्करीको लागि प्रयोग भइरहेको छ। चनही चौकदेखि बेल्हीको बाटोमा बलानबिहुल गाउँपालिकाले जडान गरेको सिसिटिभी क्यामरामा पनि सधैं राति ओहरदोहर गर्ने गाडीको भिडियो हुने स्रोतको दाबी छ।

२०८०जेष्ठ ३ गते मधेश प्रदेश प्रहरी कार्यालयको टोलीले बलानबिहुल गाउँपालिका- ४ बेल्हीबाट तीन सय पचासी कार्टुन स्याउ बरामद गरेको थियो।२०७९ भदौ ७ गते बलानबिहुल गाउँपालिका-४ बेल्हीमा भारतबाट ल्याएर घरमा राखिएको तस्करीको समान नियन्त्रणमा लिन जाँदा प्रहरी र तस्करबिच झडप भएको थियो।
यसअघि पनि यहाँबाट तस्करी हुने गरेको थियो। तर सो तथ्य बाहिरएपछि केही समयदेखि कारोबार बन्द थियो।यहाँबाट लाइन नपाएका ती तस्करहरू छुट्टाछुटै सप्तरीकै बनैनियाँ, पातोको बाटो प्रयोग गरि तस्करी सुरू गरेका थिए।त्यहाँबाट लाइनपाएपछि पुनः सो क्षेत्रबाट तस्करी सुरू भएको छ।

सशस्त्र प्रहरी गण नं ६का गणपति ज्ञानमणी पौडेल सशस्त्रको मिलोमतोमा तस्करी भइरहेको कुरा नकार्छन् ।तस्करीको लागि अहोरात्र खटिरहेको सशस्त्रकै कारण अवैध लसुन नियन्त्रणमा लिएको उनी बताउँछन।

 

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology