क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीको खड्क नगरपालिका –१ सिस्वाबाट प्रहरीले लागू औषध सहित दुई जनालाई पक्राउ गरेको छ ।
सोही गाउँपालिका–१ सिस्वाका २५ वर्षिय पारस कुमार मण्डल र २२ वर्षीय रविन कुमार साहलाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरी चौकी सिस्वा बेल्हीबाट खटिएको प्रहरीको टोलीले सास्वरबाट धनगढी तर्फ आउँदै गरेको १–०२–०४० प ७३६६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिएको छ ।
उक्त मोटरसाइकलको एयर फिल्टर राख्ने ठाउँबाट ब्रप्रेनाँफिन इन्जेक्सन आइपि-२ एमएल ४५ थान, फेनेर्गेन इन्जेक्सन आइपि २ एमएल ४४ थान र डाइजेपाम इन्जेक्सन आइपि २ एमएल ४५ थान गरि कुल १३४ थान लागू औषध बरामद भएको छ ।
प्रक्राउ परेका दुवैजनालाई सप्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भईरहेको प्रवक्ता डिएसपी बस्नेतले बताए ।















