क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीबाट प्रहरीले एक क्वीन्टल लागू औषध गाँजा नियन्त्रणमा लिएको छ ।
सप्तरीका प्रहरी प्रबक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै एक क्वींटल लागू औषध गाँज नियन्त्रण लिएको बताएको हो।
गत बिहिबार सप्तरीको बलानविहुल गाउँपालिका- ६ सेहरा चौकभन्दा एक किलो मीटर पूर्व स्थित नेपालबाट भारततर्फ अबैध रुपमा लुकाई छिपाई टाउकोमा बोराहरु बोकी लादै गरेको अवस्थामा प्रहरीले सो गाँजा नियन्त्रणमा लिएको हो।
प्रहरी टोलीलाई देखि बोराहरु छाडी मान्छ भारततर्फ फरार भएको प्रहरीले जनाएको छ । प्रहरीले बोरा खोली चेकजाँच गर्दा सो बोरा भित्र सो परिणामको गाँजा बरामद भएको थियो ।















