क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका- ३ गोविन्दपुर निवासी सुधीर कुमार झा मृत्युको
सुक्ष्म र निष्पक्ष छानबिनको लागि जिल्लाका सम्पूर्ण ट्रेड युनियनहरुले माग गरेको छ ।
मंगलबार कर्मचारी ट्रेड युनियनहरुले संयुक्त विज्ञप्ती जारी गर्दै मृतक झाको सुक्ष्म र निष्पक्ष तरिकाबाट अविलम्ब छानबिनको लागि माग गरेका हुन् ।
‘विगत २५ बर्ष देखी गजेन्द्र नारायण सिंह अस्पताल, राजविराजमा कार्यरत ५५ बर्षीय अति मिलनसार, मृदुभाषी, सहयोगी स्वभावका, कर्तव्यनिष्ठ, इमान्दार राष्ट्रसेवक मृतक झाको गत आईतबार विहानको समयमा राजविराज स्थित जिल्ला खेलकुद विकास समितिको कार्यालय परिषरमा रहेको कर्वड हलको झ्यालमा रहस्यमय तरिकाले झुण्डिएको अवस्थामा मृत फेला परेको र मृतक झाको संकास्पद, अश्वाभाविक मृत्यु घटनाको सुक्ष्म तरिकाबाट अविलम्व निष्पक्ष छानविन, अनुसन्धान, तहकिकात गरी दोषीमाथी कडा कानुनी कारवाहीको लागि सम्बन्धित निकायसँग जोडदार माँग गर्दछौ,’ जारी विज्ञाप्तरीमा उल्लेख छ ।
निजामती कर्मचारीहरुको अधिकारीक ट्रेड युनियन सप्तरीका अध्यक्ष अजय कुमार झा, कर्मचारी मिलन केन्द्रका अध्यक्ष मनोज कुमार यादव, नेपाल कर्मचारी युनियन सप्तरीका अध्यक्ष सूर्यकान्त झा, नेपाल निजामती कर्मचारी संगठन सप्तरीका अध्यक्ष शैलेश मिश्र, नेपाल राष्ट्रिय कर्मचारी संगठन सप्तरीका अध्यक्ष प्रमोद कुमार यादव, नेपाल मधेसी निजामती कर्मचारी मंच सप्तरीका अध्यक्ष अजय कुमार झा र नेपाल स्वास्थ्यकर्मी संघ सप्तरीका अध्यक्ष शिवनारायण चौधरीले विज्ञप्तिमा हस्ताक्षर गरेका छन्।















