क्रान्ति केन्द्र सम्वाददाता
राजविराज।सप्तरीको राजविराजमा नगरपालिकामा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका कर्मचारी सुधिर झाको हत्यारालाई कारवाहीको माग गर्दै प्रदर्शन गरिएको छ।
अगुवाहरुसहित स्थानीयले मंगलबार शवलाई लिएर नगरपरिक्रमा गर्दै प्रदर्शन गरेका हुन्।
गत आइतबार बिहान राजविराज नगरपालिका कार्यालयको छेउमै रहेको महेन्द्र क्लबको झ्यालमा झुण्डिएको अवस्थामा शव उनको फेला परेको थियो।
शवको प्रकृति अनुसार उनको हत्या झुण्ड्याएको स्थानीयवासीहरूले न्यायको माग गरिरहेका छन्।
झाको आफन्तको अनुसार आजै बेलुकासम्म उनको दाहसंस्कार गरिएको छ। मृतक झा तथा उनको परिवारलाई न्यायको लागि स्थानीय राजनीतिकर्मी, समाजसेवी तथा स्थानीयवासीहरूले प्रशासनलाई दवाब मुलुक कार्यक्रमहरु गर्न सर्वदलीय छलफल समेत भएको छ।
यता कर्मचारीका संगठनहरुले समेत संयुक्त विज्ञप्ती जारी गर्दै घटनाको सुक्ष्म अनुसन्धानको माग गरेको छ।