क्रान्ति केन्द्र सम्वाददाता
राजविराज।सप्तरीको डाक्नेश्वरी नगरपालिकाका दुवैमा जसपा नेपाल विजयी भएको छ।
डाक्नेश्वरीको वडा नं १ मा जसपा नेपालका धीरेन्द्रकुमार साह विजयी भएका छन्। उनले ६५२ मत पाएको छ।
उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी भुलियादेवी थरुनीले ५८७ मत पाईन् ।
यसै नगरपालिकाको वडा नं ४ मा जसपा नेपालका देवेन्द्र यादव ३७२ मत ल्याएर विजयी भएका छन्।
यी दुवै वडामा यसअघिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका थिए।