क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका- ११ स्थित कोशी पलारमा आइतबार बेवारिसे अवस्थामा बालिकाको शव बरामद भएको छ ।
११ बर्षीय बालिका मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मृत बालिकाको विवरण नखुलेको प्रहरीले जनाएको छ। मृत बालिकाको शव परिक्षणका लागि राजविराज ल्याइएको तथा घटना बारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरी डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।















