क्रान्ति केन्द्र सम्वाददाता
राजविराज। सप्तरीको डाक्नेश्वरी नगरपालिकाका दुई वटा वडामा भएको वडाध्यक्ष पदको उपनिर्वाचनमा ७१.८१ प्रतिशत मतदान भएको छ ।
निर्वाचनका कार्यालयका तथ्याङ्का अनुसार वडा नम्बर १ र ४ मा गरी ७१.८१ प्रतिशत मत खसेको हो। दुई वडामा तीन मतदान स्थल र पाँच मतदान केन्द्र रहेको थियो।
वडा नम्बर १ अन्तर्गत राप्रावि बलटीमा एक हजार ७४ मध्ये ७३८ मत खसेको छ भने सोही वडाको मावि कविलासा (क) मा ७५६ मध्ये ५५४ र मावि कविलासा (ख) मा ७९३ मध्ये ५५३ मत खसेको छ ।
त्यस्तै, वडा नम्बर ४ अन्तर्गत राप्रावि भुतही (क) मा ६४४ मध्ये ४७३ र राप्रावि भुतही (ख) मा ६७५ मध्ये ५१३ जनाले मतदात गरेको जनाएको छ।
दुवै वडामा कुल ३ हजार ९४२ मतदातामध्ये २ हजार ८३१ जनाले मतदान गरेको निर्वाचन कार्यायल सप्तरीले जनाएको जनाएको छ ।
दुई वटै वडामा वडाध्यक्ष पदका लागि ८/८जना उम्मेदवार प्रतिस्पर्धामा छन्।















