क्रान्ति केन्द्र सम्वाददाता
राजविराज। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-१स्थित ऊँ श्रृजन कृषि सहकारी संस्था लिमिटेडले चौथौ वार्षिक साधारण सभा गरेको छ ।
शनिबार तिलाठीमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको प्रमुख आतिथ्य तथा संघीय सांसद रञ्जु ठाकुरको विशिष्ट आतिथ्यमा कार्यक्रम गरिएको हो।
कार्यक्रममा संस्थाका अध्यक्ष सम्बोध झाले अध्यक्ष प्रतिवदेन प्रस्तुत गर्दै सहकारीमा जुटन् र यसको लाभ लिन आग्रह गरे।
आफ्नो गृह पालिकामा साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि सिंहले महिलाहरुलाई व्यवसायीक रूपमा घरेलु खानेकुरा तयार पार्न आग्रह गरे। स्थानीय खानेकुरा तिलोरी, चरोरी, पापड लगायतका समानहरू तयार पार्न सुझाव दिँदै उनले त्यसलाई बजारीकरणको लागि आफुले व्यवस्था मिलाउने आश्वासन दिए।
‘यहाँ कार्यक्रममा फुलको माला पनि बाहिरबाट किनेर ल्याएको होला, तपाईहरू यहाँ पाँच, दश बिघामा फुलको खेती गर्नुहुन्छ भने हामीले सहयोग गर्छौँ,’ उनले भने, ‘बजारमा करौडौंको कारोबार हुन्छ।’
कार्यक्रममा पुर्व सभासद शिवचन्द्र मिश्र, वडाध्यक्ष दिनेश्वर मिश्र, पुर्व क्षेत्रपाल देवनारायण यादव, नेता अमिर झा र नागेन्द्र झा लगायतका बक्ताहरुले सम्बोधन गरे।