क्रान्ति केन्द्र सम्वाददाता
सप्तरीको खडक नगरपालिकाकी पूर्वउपमेयर यास्मिन सुल्तानको गोदामबाट लाखौं रूपैयाँको कपडा नियन्त्रणमा लिइएको छ ।
सशस्त्र प्रहरी र भन्सार कर्मचारीको संयुक्त टोलीले मंगलबार खडक नगरपालिका-७ स्थित यास्मिनको गोदामबाट १९ लाख बराबरको कपडा बरामद गरेको राजविराज भन्सार कार्यालयका सुचना अधिकारी विजयकुमार साहले बताए ।
भन्सार छली गरिएको सामान रहेको सूचनाका आधारमा छापा मारेर ३८ वटा पोसाक बरामद गरेको साहले जानकारी दिए।
सुचना पाएर छापा मार्न गएको टोलीलाई बिलबिजक नदेखाउन सकेपछि कपडा बरामद गरेको उनले बताए।
‘सुरूमा उहाँले बिलविजक देखाउनु भएन्, बजार थियो सुरक्षाको दृष्टिकोणले निकै संख्यामा प्रहरी मगाएर समान लिएर आए,’ उनले भने।
समान आवश्यक कारवाहीको लागि राजविराज भंसार कार्यालय तिलाठीमा राखिएको छ।