क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलले पर्यावरणलाई जोगाउनमा बालबालिका तथा युवाको महत्वपूर्ण भूमिका रहेको बताएको छ ।
युनिसेफको सहयोगमा तिलाठी कोईलाडी गाउँपालिकाद्वारा शनिबार आयोजित जलवायु परिवर्तन सम्बोधन पैरवी र पहलका लागि बालबालिका तथा युवाहरुको क्षमता विकास तथा परामर्श गोष्ठीमा बोल्दै अध्यक्ष मण्डलले सो कुरा बताएको हो ।
जलवायु परिवर्तन सम्बन्धमा पालिका तथा स्थानीय स्तरमा बालबालिका तथा युवाहरुकोे क्षमता बिकास गर्ने, जलवायु परिवर्तनका कारण स्थानीय स्तरमा बालबालिका तथा युवाहरुमा परेका प्रभावहरुका बारेमा छलफल र अभिलेखन गर्ने, जलवायु परिवर्तन सम्बोधनका लागि आवश्यक बालबालिका तथा युवा मैत्री नीति तथा कार्यका बारेमा परामर्श गर्ने उद्देश्यले सो गोष्ठीको आयोजना गरिएको गाउँपालिकाका विपद ब्यवस्थापन अधिकृत राजेश कुमार झाले बताए ।
राष्ट्रिय निर्धारित योगदान(एनडिसी ३) बनाउने क्रममा रहेकोले त्यसलाई बालबालिका तथा युवा संवेदनशिल बनाउन बालबालिका तथा युवाहरुबाट सुझाव समेत संकलन गरियो ।
सो कार्यक्रममा युनिसेफका अशोक कुमार झा र तिलाठी कोईलाडी गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झाले सहजीकरण गरेको थियो ।















