क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । चोरी डाँका मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले ११ महिनापछि पक्राउ गरेको छ।
सप्तरी प्रहरीले बिहिबार फरार सुचीमा रहेका सप्तरी डाक्नेश्वरी नगरपालिका -२का २६ बर्षीय भोगेन्द्र यादवलाई नियन्त्रणमा लिएको हो।
उनलाई निजकै घरबाट नियन्त्रणमा लिएको सप्तरी प्रहरीका प्रवक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए।
इलाका प्रहरी कार्यालय लहान,सिरहामा २०८० पुष ४ गते मुद्धा दर्तापछि उनी फरार रहेका थिए । यादवलाई ईलाका प्रहरी कार्यालय पातोबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।
उनलाई सिरहा प्रहरीलाई जिम्मा लगाएको सप्तरी प्रहरीले जनाएको छ।















