राजु शर्मा
भारदह । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाले बुधबार १४औं नगरसभा गरेको छ।
नगरप्रमुख बिरेन्द्र माझीको अध्यक्षतामा आयोजित कार्यक्रमा उपप्रमुख सरिता सिपलियाले यस वर्षको अनुमानित बजेट प्रस्तुत गरेकी छन् ।
आर्थिक वर्ष ०८१/०८२ को लागि ६७ करोड १४ लाख ७७ हजार रुपैयाँ बजेट प्रस्तुत गरिएको हो। जसमध्ये चालू खर्च तर्फ ४२ करोड ४६ लाख ११ हजार र पुँजिगत खर्चतर्फ २४ करोड ६८ लाख ६६ हजार रहेको उपप्रमुख सिपलियाले जानकारी दिइन् ।
१४ वटा वडा रहेको नगरपालिकामा १,३ ,४ र १४ नं वडा कार्यालयलाई ८० लाखको दरले बजेट दिने र बाँकी वडामा ५५ लाखको दरले बजेट दिने भएको छ।
१,३,४ र १४ वडा कार्यालयलाई संचालनको लागि ६ लाख र बाँकीलाई ३ लाखको दरले दिने नगरस्तरीय बजेट सिमाबाट दिइने उपप्रमुख सिपलियाले जानकारी दिइन्।
नेपालको कानुन अनुसार अगामी आर्थिक वर्षको लागि असार १० गते भित्र बजेट ल्याएर मसान्त भित्र पारित गर्नुपर्ने व्यवस्था छ । तर हनुमाननगर कंकालिनी नगरपालिकाले चालु आर्थिक वर्षको चार महिना बितिसकेपछि मात्र बजेट ल्याउन सकेको हो। राजनीतिक तालमेल अभावले बजेट ल्याउन ढिलो भएको बुझिएको छ।















