क्रान्ति केन्द्र सम्वाददाता
राजविराज। सप्तरीको छिन्नमस्ता गाउँपालिका -५ लोखरमलाई बालविवाह मुक्त घोषणा गरिएको छ।
लोखरमस्थित बर्थिङ सेन्टरको प्राङ्गणमा मंगलबार कार्यक्रम आयोजना गरि घोषणा गरिएको हो।
सेभ द सप्तरी तथा सेभ द चिल्ड्रेन लगायत छिन्नमस्ता गाउँपालिकाको सहयोग तथा ५ नं वडा कार्यालय र वडा बाल अधिकार समितिको आयोजनामा उक्त कार्यक्रम गरिएको हो।
‘बालविवाह सामाजिक विकृतिको रूपमा रहेको कारण यस समस्यालाई समाधान गर्न हामी पूर्ण रूपमा तयार छौं,’ छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरी भने।
छिन्नमस्ता- ५ का वडा अध्यक्ष जय प्रकाश ठाकुरको अध्यक्षतामा आयोजित कार्यक्रमा प्रमुख अतिथि छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरी
रहेका थिए ।















