क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरी प्रहरीले सोमबार राति १७ क्विन्टल बढी गाँजा बरामद गरेको छ ।
राजगढ गाउँपालिका-४ बेल्ही चपेना शनि मन्दिर स्थित भित्रि सडक खण्डबाट प्रहरीले १७ क्विन्टल ३६ किलो गाँजा बरामद गरेको हो।
पत्थरगाढाबाट झुटकीतर्फ जाँदै गरेको को.१ ख ६५०३ नम्बरको टिपर गाडिलाई चेकजाँच गर्दा उक्त टिपरमा लोड ढुङगा र माटोको तलबाट गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।















