क्रान्ति केन्द्र सम्वाददाता
राजविराज। मैथिली साहित्य परिषदले विद्यापति स्मृति पर्व-२०८१ सप्तरीको राजविराजमा तीन दिवसीय कार्यक्रम गरि मनाइ रहेको छ ।
उक्त कार्यक्रमको दोस्रो दिन बुधबार बिहान राजविराजमा ‘सरकारी कामकाजक भाषा मैथिलि कियक नई’ बिषयक विचार गोष्ठी गरिएको छ ।
विचार गोष्ठीमा नेपाल सरकारका पुर्वमन्त्री उमेश यादव, नेकपा एमाले पोलिटब्यूरो सदस्य सुमनराज प्याकुरेल, जिल्ला समन्वय समिति सप्तरीको सभापति शिव नारायण साह, बोदेबरसाईन नगरपालिकाका प्रमुख आतेश सिंह यादव, राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनले विचार राखेका थिए।
त्यस्तै राजविराज नगरपालिकाका पुर्व प्रमुख शैलेश चौधरी, जसपा नेपाल सप्तरीका अध्यक्ष केदार यादव, मैथिली साहित्य परिषदका पुर्व अध्यक्षद्वय बिष्णु मंडल, प्राध्यापक अशोक झा, भाषा विद्द डा. सुर्या यादव, पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष वैद्यनाथ यादव, मैथिलि साहित्य परिषदका पुर्व सचिब अजय झा र आजिवन सदस्य दिपेन्द्र चौधरी लगायतका व्यक्तिहरुले विचार राखेका थिए।
कार्यक्रममा बिषयको बारे मैथिल साहित्य परिषदका सदस्य ईन्जिनियर राजिव झाले सुरूमा मैथिली भाषाकोस्थिति तथ्याङ्कसहित प्रस्तुत गरेका थिए।
प्रथम दिन मंगलबार रक्तदान तथा कवि गोष्ठी गरिएको थियो । त्यस्तै अन्तिम दिन २९ गते बिहान ११ बजे पब्लिक विन्देश्वरी माध्यमिक विद्यालय राजविराजबाट झाँकी प्रदर्शन सुरू हुनेछ। त्यसपछि दिउँसो २ बजेदेखि जिल्ला समन्वय समितिको हलमा श्रद्धाञ्जली सभा तथा परिषदद्वारा स्थापित विभिन्न पुरस्कार वितरण तथा साँझ ५ बजे साँस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ।