क्रान्ति केन्द्र सम्वाददाता
राजविराज।सप्तरी प्रहरीले चालु आर्थिक बर्ष २०८१/०८२को असोज १७ गतेदेखि हालसम्मा अवैध रूपले भन्सार छली पैठारी गरेकोबाट ४६ लाख ६९ हजार ६ सय ३५ रूपैयाँ राजश्व संकलन गरेको छ। जिल्ला प्रहरी कार्यालयमा शनिबार आयोजित एक महिने कार्यसम्पादनबारे पत्रकार सम्मेलनमा तथ्याङ्क प्रस्तुत गरिएको हो।
यस अवधिमा भन्सार छली पैठारी गर्ने १० जना मानिस र ७ वटा मोटरसाइकल, ७ वटा साइकल र एक/एक वटा कार र ई-रिक्सा समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलयका प्रमुख एसपी ढकेन्द्र जानकारी दिए।
उक्त तथ्याङ्कमा चालु आर्थिक बर्षको साउनदेखि असोज १६ गतेसम्मा १९ लाख ६७ हजार राजश्व संकलन भएको सप्तरी प्रहरीको तथ्याङ्क छ।
पत्रकार सम्मेलनमा एसपी खतिवडाले चाडपर्वमा सुरक्षाको लागि ७ सय ४१ जना प्रहरी परिचालन गरिएको समेत बताए। उनले सुरक्षाको दृष्टिकोणले चाडपर्वमा समान्य झैंझगडा बाहेक कुनै किसिमको समस्या नभएको बताए।