क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीको खडक नगरपालिका-८ भदिया सडकखण्डबाट चार सय ७० पिस मोबाइलको डाटा केवल सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मंगलबार राति प्रहरीको गस्ति टोलीले बलान विहुल गाउँपालिका -५ रामनगर बस्ने ४०वर्षीय सम्पैत यादव र २२ वर्षीय श्रवण यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बोदेबरसाईन तर्फबाट आउँदै गरेको स ३ प ४६१७ नम्बरको मोटरसाईकल चेकजाँच गर्दा भारतबाट अवैध रुपले ल्याउँदै गरिएको उक्त डाटा केवलसहित उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
डाटा केवलको मुल्यांकन एक लाख ४० हजार पाँच सय ७० रुपैया मुल्यांकन गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूमाथि आवश्यक कारबाही बढाइएको छ ।