क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीको सदरमुकाम राजविराजस्थित रंगशाला मैदानमा बिहिबार(भोलि)देखि राजविराज महोत्सव-२०८१ सुरू भइरहेको छ ।
मेलाको आयोजक ड्रिम नेपाल युवा संघद्वारा बुधबार पत्रकार सम्मेलन आयोजना गरि मेला सम्बन्धि जानकारी सार्वजनिक गरिएको हो ।
राजविराज नगरपालिकाको सहकार्य तथा ग्रिन नेपालको सह-आयोजनामा हुन लागेको उक्त मेला कात्तिक २५ गतेसम्म चल्ने मेला मुल समारोह समितिको संयोजक चितरञ्जन यादवले जानकारी दिए।
मेलमा ४० वटा स्टल, मिथिला पेन्टिङस, कृषि उपकरण, कृषि समाग्री रहने ड्रिम नेपालका सचिव मुस्तकिम आलमले बताए ।
उनले स्थानीय उत्पादनको लागि १० वटा स्टल नि:शुल्क व्यवस्था गरिएको जानकारी दिए ।
मेलामा विभिन्न किसिमको स्थानीय सँस्कृति दर्शिने कार्यक्रमहरू आयोजन गरिने आयोजक संस्थाका अध्यक्ष कमलकिशोर साहले जानकारी दिए । ।
मेलामा प्रवेश शुल्क पचास रूपैयाँ लाग्ने तर पाँच वर्षसम्मको बालबालिका, जेष्ठ नागरिकको लागि प्रवेश नि:शुल्क गरिएको उनले बताए।
स्थानीय खेलाडीलाई पचास प्रतिशत र
विद्यार्थीलाई तिस प्रतिशत छुटको व्यवस्था रहेको अध्यक्ष साहले बताए ।
मेला व्यवस्थापनको लागि साठी जना स्वयंसेवक परिचालन गरिने आयोजकले जनाएको छ । मेलाको निगरानीको लागि फिल्डमा पन्ध्र वटा सिसिटिभी जडान गरिएको मेलाका संयोजक यादवले जानकारी दिए ।
मेलामा साठी लाख रूपैयाँ खर्चको अनुमान गरिएको आयोजकको भनाई छ।